काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
आजबाट सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन अपिल गरेका छन्।
एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गरेका हुन्।
‘आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ(आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।
एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन्।

