चितवन । वडा प्रहरी कार्यलय नारायणगढले अवैध १०७.५ क्यूफिट सिसौको काठ नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नगर वनबाट बुधबार प्रहरीले सिसौको अवैध काठ नियन्त्रणमा लिएको हो । उक्त काठ नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

