चितवन । चितवनमा तीन लाख नगदसहित सात जुवाडे पक्राउ परेका छन । भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित पश्चिम रामपुरमा धिरेन्द्र हमालको घरमा बुधबार हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउंँ बस्ने मेख बहादुर तामाङ्ग,राजकुमार शाही , बुद्धिराज महत्तो, लक्ष्मण श्रेष्ठ , बद्री लामा ,धिरेन्द्र हमाल र वडा नम्बर १९ का हिमाली गुरुङ्ग रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले नगद ३ लाख १७ हजार ४५५ रुपैयांँ नगदसहित उनीहरुलाई नियन्त्रणमा लिईएको जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, चितवनबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको अधिकारीले बताए ।