चितवन। चितवनको रत्ननगरका सन्तोष बस्ताकोटी नेपाल स्काउटको सहायक राष्ट्रिय प्रशिक्षकमा नियुक्त भएका छन् । रत्ननगर १५ निवासी बस्ताकोटी सञ्चारकर्मी समेत हुन ।
नेपाल सरकार,युवा तथा खेलकुल मन्त्रालय अन्तर्गत नेपाल स्काउटले उनलाई सहायक राष्ट्रिय प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाल स्काउटको तालिम पद्दती २०७२ मा उल्लेख भए अनुसार सहायक राष्ट्रिय प्रशिक्षकको तालिममा सहभागी भइ सम्पूर्ण प्रक्रिया पुरा गरेका उनलाई सहायक राष्ट्रिय प्रशिक्षकमा नियुक्त भएका हुन ।
२०६८ सालमा स्काउटमा आबद्ध भएका बस्ताकोटीले चितवनका संस्थागत विद्यालयहरुमा स्काउट शिक्षकको रुपमा काम गरेका छन् । चितवनबाट आरुषी खबर डटकम सञ्चालन गरिरहेका बस्ताकोटीले लामो समय रेडियोमा कार्यक्रम तथा चितवनबाट राष्ट्रिय स्तरका टेलिभिजनहरुमा समेत काम गरेका छन् ।

