चितवन। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एमाले कार्यकर्ताहरु चुम्बक बन्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) माडी नगर कमिटिद्वारा आयोजित नगर कमिटिको विस्तारित बैठकमा प्रमुख अतिथि रही कार्यकर्ता प्रशिक्षण गर्नुहुँदै पुर्व मन्त्री समेत रहनुभएका बास्कोटाले अन्य दलका नेता कार्यकर्ता र आम मतदाताहरुलाई चुम्बले फलाम तानेजस्तै आफूतर्फ तान्न सक्नुपर्ने बताउनुभएको हो ।
एमालेको ग्रासरुट अभियानका क्रममा शुक्रबार माडीको बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको हो । पार्टीलाइ तल्लो तहसम्मै सुदृढकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि एमालेले देशैभर ग्रासरुट अभियान चलाउने क्रममा माडीमा सो कार्यक्रम सञ्चालन भएको एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

