चितवन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड जनताबाट बहिस्कृत भइसकेको आरोप लगाएका छन् । चितवनको रत्ननगरमा ग्रासरुट अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले बहिस्कार गरेकै कारण प्रचण्डले चुवाबको बेला निर्वाचन क्षेत्र परिर्वतन गर्दै हिडेको बताए । जनताले बहिस्कार गरेकै कारण चितवनबाट गोरखा गए उनले भने अब कहा जान्छन हेर्न पाइन्छ ।
नेता बास्कोटाले जनताले बहिस्कार गरेकै कारण प्रचण्डलाई चुनावको बेला निर्वाचन क्षेत्र छाडेर भाग्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए । उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर भएको काँग्रेस माओवादी सहितको गठबन्धनले मुलुकलाई कमजोर बनाउने बताए । यो गठबन्धनले राष्ट्रियता कमजोर बनाउने छ उनले भने यसका लागि एमालेले खबरदारी गर्नुपर्छ । एमालेले प्रचण्डलाई अन्तिम मौका दिएको भन्दै नेता बास्कोटाले अब प्रचण्डसंग कहिल्यै सहकार्य नहुँने बताए । प्रचण्डलाई अन्तिम मौका दिएका थियौं उनले भने तर उनको मति कहिल्यै सुघ्रिएन । नेता बास्कोटाले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए ।
स्ववियु निर्वाचन हार्ने छुट छैन् उनले भने विद्यार्थी र पार्टीका तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कमी नहोस । नेता बास्कोटाले पार्टीको जरासम्म र जनताको घरसम्म पुग्ने गरी अभियान सुरु गरेको बताए । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसक्नुका कारण खोजिगर्दै पार्टीलाई बजबुत र एकताबद्ध बनाउने अभियानको उद्देश्य रहेको बताए । पार्टी भित्रको अन्तरविरोधको अन्त्य गर्दै जनता सामु जाने उनको भनाई छ । पार्टी भित्र जुझारु एकता आवश्यक रहेको भन्दै उनले अभियानले एमालेलाई पुरानै अबस्थामा फर्काउने विश्वास व्यक्त गरे । एमाले कमजोर भयो भने राष्ट्रियता कमजोर हुने भन्दै नेता बास्कोटाले पुराना नेताको साथ र युवाको क्रियाशिलताले मात्र पार्टी बलियो हुने बताए । एकता, संघर्ष र रुपान्तरणले मात्र पार्टी चलायमान हुने भन्दै नेता बास्कोटाले ग्रासरुट अभियानमा यिनी विषयलाई प्राथमिकता दिइने बताए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व मन्त्री दावादोर्जे लामाले पार्टी भित्रका अन्तरविरोध सामधान गर्दै पार्टीलाई मजबुत बनाउन अभियान सुरु गरिएको बताए । घर सुतेर पार्टी बन्दैन उनले भने एमालेका हरेक सदस्य पार्टी निर्माणमा लाग्नु पर्छ ।
जनताले एमाले नछाडेको भन्दै उनले पार्टी रहेको अनुभूति जनतालाई दिलाउन आवश्यक रहेको बताए । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले एमालेको नीति,सिद्धान्त र विचारलाई जनतासामु पु¥याउन अभियान सुरु भएको बताए । एमाले चौतर्फी घेराबन्दीबाट गुज्रिरहेको भन्दै जिल्ला अध्यक्ष न्यौपानेले हरेक संकटको सामधार हुने बताए । यो संकट धेरै समय रहदैन उनले भने आगामी निर्वाचनमा एमाले बलियो पार्टीको रुपमा स्थापित हुने छ ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्य, नगर कमिटी सदस्य र वडाकमिटीका अध्यक्षहरुले जिज्ञासा राखेका थिए । नेकपा एमाले रत्ननगर नगरकमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सचिव शिवराज सुवेदीले सञ्चालन गरेका थिए ।

