चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकाेटाले रत्ननगरमा सञ्चालित बाहिरका सहकारी टाउकाे दुखाईकाे विषय बनेकाे बताएका छन् ।साेमबार देखि सुरु भएकाे काेपाेमिस तालिमकाे उद्घाटन गर्दै उनले केन्द्र र प्रदेश तहकाे हैसियतमा सञ्चालित् सहकारीकाे काराेबारले नगरवासीलाई दुख दिएकाे बताए ।
सहकारीमा शेयर सदस्यले संकलन गरेकाे पैसा सञ्चलकले अन्य प्रयाेजनमा लगानी गरेका कारण रत्ननगरमा सञ्चालित केही सहकारी धरासायी बनेकाे उनकाे भनाई छ । उद्धेश्य विपरित लगानी गरेर नगरबासीलाई दुख दिने सहकारी अहिले स्थानीय सरकारकाे टाउकाे दखाईकाे विषय बनेकाे मेयर सापकाेटाले बताए ।
मेयर सापकाेटाले धरासायी बनेर शेयर सदस्यलाई दुख दिँदै आएका सहकारीलाई तत्काल समस्याकाे निकास निकाल्न निर्देशन दिए।
सहकारी नाफामुखी नभई सेवा मुखी हुनुपर्ने भन्दै उनले उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत छविलाल सुवेदीले काेपाेमिसकाे उद्धेश्य, परिचयकाे बारेमा सहजीकरण गरेका थिए ।
३० वटा सहकारीका व्यवस्थापककाे सहभागिता रहेकाे साे कार्यक्रममा आर्थिक विकास समितिका संयाेजक साेहेन्द्रराज खरेलले पनि मन्तव्य राखेका थिए । तीन दिन सम्म चल्ने साे कार्यक्रममा सुरेश चाैधरी र खेमराज ढकालले प्रशिक्षण दिईरहेकाे सहकारी शाखा प्रमुख स्वस्तिका अर्यालले जानकारी दिईन् ।

