चितवन।अमर जनशक्ति बहुमुखी क्याम्पसमा पटिहानीमा भएको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा बीबीएस पहिलो वर्ष प्रथम भएको छ ।
अखिल(क्रान्तिकारी) ले गरेको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगितामा १० वटा समुह सहभागी भएका थिए । प्रतियोगितामा बीबीएस दोस्रो वर्ष दोस्रो र कक्षा १२ तेस्रो स्थानमा रहन सफल भएका छन् ।
प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अशोक देवकोटा, क्याम्पस प्रमुख रामप्रसाद तिवारी र नेकपा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल उपस्थित थिए । क्याम्पसका पूर्वअध्यक्ष सुरेश बास्तोला, जिल्ला सदस्यहरु अनुप प्रसाइ, बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गरेका थिए ।

