चितवन । भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको बृहत् भेलाले पुनः थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता बोट, विजया लम्साल, रामु ज्ञवाली रहेका छन् ।
यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल रहेका छन् सदस्य सचिवको रूपमा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी रहेका छन् ।
यसैगरी भेलाले नवराज मरहठ्ठाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । नवगठित शिक्षक अभिभावक संघको सदस्यहरुमा प्रकाश तिवारी, सन्तोष देवकोटा, प्रतिमा अधिकारी, जनार्दन ढकाल, डोलेश्वर भट्टराई, बलराम खनाल चयन भएका छन् ।
अभिभावक भेलामा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्मा, भरतपुर महानगरपालिका शिक्षा समितिका सदस्य बाबुराम दवाडी, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी एवं सदस्यहरु, पूर्वसल्लाहकार समितिका पदाधिकारी एवं सदस्यहरुलगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।


