काठमाडौँ । नेपाली सेनाले एकै पटक ५५५ मादल बजाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेको भनि आएको समाचार ‘फेक’ भएको पाइएको छ ।
नेपाली सेनाले हिजो सेना दिवसको अवसरमा ५५५ वटा मादल बजाएको थियो । उक्त कार्यपछि सरकारी स्वामित्वको राष्ट्रिय समाचार समितिले सेनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएको भनि प्रचार गरेको थियो । राससको समाचार देशका प्रमुख मिडियामा पनि प्रकाशन भएको थियो ।
तर वास्तविकता अर्कै आएको छ । समाचारमा तथ्य जाँच गर्दै आएका वरिष्ठ पत्रकार उमेश श्रेष्ठले उक्त प्रमाणपत्र गिनिज बुक अफ वर्ल्ड रेकर्डको नभएर वर्ल्ड बुक अफ रेकर्डको भएको पत्ता लगाएका छन् । श्रेष्ठले माइसंसारमा लेखेको लेख पढ्नुहोस् ।
सेनाको कीर्तिमानको समाचारमा राससले मिडियाकै मादल यसरी बजाइदिएछ

