चितवन । रवि लामिछानेको समर्थनमा आज भरतपुरमा प्रदर्शन भएको छ । उनीहरुले सर्वोच्च अदालको आदेश विरुद्ध नाराबाजी समेत गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको नेतृत्वमा भएको प्रदर्शन भएको हो । पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शनसँगै भरतपुरमा मोटरसाईल ¥याली निकालेका थिए ।
भरतपुरको विशाल चोकवाट निस्किएको ¥याली बाइपास सडक खण्ड हुँदै मालपोत चोक, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ । यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए ।
पार्टीका जिल्ला सचिव कृष्ण भुषालले रविको समर्थनमा शान्तिपूर्वक र्याली निकालिएको भन्दै सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले पार्टीको केन्द्रीय निर्णय अनुसार थप कदम चाल्ने बताए ।

