चितवन । नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल विजयी भएका छन् ।
स्वतन्त्र उमेदवार गजेन्द्र वस्तीलाई उनले पराजित गरेका हुन् । विजयी कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत प्राप्त गरे । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो ।
यस्तै, उपाध्यक्ष सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरु विजयी भएका छन् । उपाध्यक्षमा अधिवक्ता खगेश्वर अधिकारी, सचिवमा अधिवक्ता श्रीराम दवाडी र कोषाध्यक्षमा अधिवक्ता रमेश काफ्ले विजयी भए ।
नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) बीच एकता भएको थियो ।

