चितवन । माडीको पाण्डवनगरमा ध्रुबे हात्तीले दुईवटा घर भत्काएको छ । मंगलबार राती करीब ११ बजे पाण्डवनगर गाउँमा प्रवेश गरेको ध्रुबे हात्तीले माडी-१, पाण्डवनगर निवासी नेत्र बहादुर परियारको भान्सा घर पूणर्रुपमा र भुवन विश्वकर्माको घरको छानो भत्काएको हो ।
हात्ती आएको थाहा पाएलगत्तै घरमा रहेकाहरु बाहिरिन भ्याएकाले मानवीय क्षती भने नभएको पाण्डवनगर टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर पोखरेलले जनाउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेको सो गाउँमा जंगली हात्ती लगायतका जनावरहरुले धनजनको क्षती गर्दै आएका छन् ।