चितवन । भरतपुरस्थित बाल्मीकि अंग्रेजी आवासीय विद्यालयमा अध्ययनरत माडीका एकजना किशोर घरपरिवारको सम्पर्कमा नआई हराएका छन् । घरबाट स्कुल जान बसमार्फत भरतपुर गएका माडी नगरपालिका-३, बसन्तपुर निवासी बर्ष १४ का बिपिन पंगेनी सोमबार साँझबाट सम्पर्क विहीन रही हराइरहेका हुन् ।
उनी सोमबार दिउँसो २ बजे माडीबाट सार्वजनिक बस चढी बरौंजीस्थित मामाघरमा पुगेका थिए । त्यहाँबाट साँझ ५ बजे म्याजिकमा चढी भरतपुर पुगेपछि उनी सम्पर्कविहीन भएका हुन् । विद्यालयले साँझसम्म पनि उनी स्कुल नआएको जानकारी गराएसंगै परिवारले खोजी सुरु गरेको हो ।