चितवन । चितवनमा ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ हुने भएको छ ।
भरतपुर गार्डेन रिसोर्टमा यही माघ १५ गते आइतबार संचालन हुने कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र ५ कलेज गरि कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिनेहुदा कार्यक्रम फलदायी हुनेछ ।
सो अवसरमा नबिल बैंक र सिद्धार्थ बैंकका समेत प्रतिनिधिहरुको उपस्थिती रहने भएकाले भिसा प्रकियामा हुने बित्तीय पक्षबारे जानकारी हासिल हुने छ।
साथै ब्रिटिश काउन्सिलका प्रतिनिधिले आइ एल टि एस को पाठ्यक्रमबारे स्पष्ट पार्ने छन्। कार्यक्रममा नि:शुल्क प्रवेशको ब्यबस्था मिलाइएको कन्सल्टेन्सी जनाएको छ ।