चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । उपशाखा बछौलीको साधारण सभा तथा अधिवेशन बछौली माविको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा रत्ननगर नगरपालिकाका वडा नम्बर ६का वडाध्यक्ष किरण महतोले रत्ननगर नगरपालिका र वडा बाट आवश्यक सहयोग गर्ने वताए । उनले वडामा रहेका सबै सामाजिक संघ संस्थाले मानवीय सेवामा काम गर्नका लागी वडासंग आए हातेमालो गर्ने वताए । उनले स्थानीय सरकारले मात्र काम गरेर नहुने तर स्थानीय सरकारलाई संघसंस्थाको साथ सहयोग हुनुपर्ने कुरामा जोड दिए ।
सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुन सुवास विडारीलाई सभापति पदमा सर्वसम्मत चयन गरेको छ । अधिशवेशनले पदाधिकारीहरुमा महिला उपसभापतिमा सरस्वती चालिसे, सचिवमा मनोज चौधरी, सहसचिवमा नेत्र कुमारी उपाध्याय, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ , सहकोषाध्यक्षमा शान्ते चौधरी चयन गरेको छ । अन्य सदस्यहरुमा राममणि खनाल, निशा चौधरी, शारदा विडारी, भाजुराम चौधरी र दिपक अधिकारी रहनु भएको छ । त्यस्तै उक्त अधिवेशनले पवित्रा देवी घिमिरे र उमिला सुनारलाई आमन्त्रीत सदस्यको रुपमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी पञ्चकन्याका उपशाखाका सभापति अर्जुन पौडेल निर्वाचन अधिकृतको रुपमा खटिनु भएको थियो । भने स्थानिय स्तरमा निर्विरोध पहल समितिका संयोजक ऋषि प्रसाद खनालले सहजी करण गर्नु भएको थियो ।
अधिवेशनमा संस्थाको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव मनोज चौधरी र कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले पेश गरेका थिए ।

