चितवन। नेकपा माओबादी केन्द्रका नेता शालिकराम जमरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका शालिकराम जमरकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले दाबी गर्नुभएको थियो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

