चितवन । पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन भएका छन् । उनी यसअघि मञ्चको उपाध्यक्ष थिए ।
प्रथम अधिवेशनले २ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमराज रिमाल, संगिता बानियाँ, सचिवमा रविन सुवेदी, सहसचिवमा विवेक पोख्रेल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा हिरालाल आचार्य डायमण्ड चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रामशरण गैरे, समिर चापागाईं, सुरज परियार, पुनम थापा मगर, प्रेमबहादुर सापकोटा, पुजा ढकाल, रेनुका पराजुली, विश्वनिधि अर्याल, सविता अधिकारी, अनिलकुमार बानियाँ चयन भएका छन् ।

