चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा भएको सामुदायिक विद्यालय (आधारभूत तह) हाजिरी जवाफ प्रतियोगितामा बैरिया माध्यमिक विद्यालय प्रथम भएको छ ।
रत्ननगर-१० बैरिया माध्यमिक विद्यालयमा शुक्रवार भएको सामुदायिक विद्यालय (आधारभूत तह) हाजिरी जवाफ प्रतियोगितामा ९० अंक प्राप्त गरि श्री बैरिया माध्यमिक विद्यालय प्रथम भएको हो । ७५ अंक प्राप्त गरि माधवपुर माध्यमिक विद्यालय द्धितिय र ५५ अंक प्राप्त गर्दै रत्ननगर १५ मा रहेको आधारभूत विद्यालय तृतीय भएको छ ।
प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा नगरभित्रका आधारभूत तहका १२ वटा विद्यालयको सहभागिता थियो ।
बैरिया मा.वि का प्राध्यानाध्यापक युवराज शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्र प्रसाद ढकाल, सहायक प्राध्यानाध्यापक लोकनाथ पाण्डे (कमल), प्रतियोगि विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक मुकुन्द प्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षिका इन्दिरा अधिकारिले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

