चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन । इच्छाकामना तीन अन्तरगत माझगाउ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतंक मच्चाएको हो । घरमा काम गरिरहेको र बाटोमा हिडिरहेको अवस्थामा बौलाहा कुकुरले टोकेको घाइतेहरुले बताएका छन् ।
कुकुरले टोकेर घाइते भएका पच्चिस जनाको कुरिनटार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ । ती मध्ये गम्भिर किसिमका १७ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । बाँकीको इच्छाकामना अस्पतालमा उपचार भैरहेको इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासु सापकोटाले बताए ।
गाउँपालिकाले बौलाहा कुकुरलाई नियन्त्रणमा लिइ स्वास्थ्य परिक्षणको लागि भरतपुर पठाएको छ । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

