चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको एटुजेड मोबाइल हाउसमा चोरी भएको छ ।
प्रहरीको रिपोर्ट अनुसार विभिन्न कम्पनीका ३२ थान मोबाइल र केही थान घडी मोबाइल हाउसको सटर फोडेर गएराति चोरी भएको हो। प्रहरीले चोरहरुको क्रियाकलाप सिसिटिभीमा कैद भएको जनाएको छ।
प्रहरीका अनुसार रडको प्रयोग गरी सटरको लक तोडेको पाइएको छ ।