चितवन । चितवनमा अर्काको नाममा परीक्षा दिने नाबालक सहित दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन । पक्राउ पर्नेमा दिप कुमार राय र अर्का एक नाबालक रहेका छन ।
जिल्ला प्रहरी कार्यालय,चितवनका अनुसार नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर परीक्षा केन्द्रमा बिहीबार अपरान्ह २ः३० बजेबाट संचालित भएको डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ अन्तर्गत केमेष्ट्रिको आंशिक तर्फको परीक्षाको दिईरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
परीक्षा केन्द्रका कर्मचारीले अरुको परीक्षा दिईरहेको अवस्थामा उनीहरुलाई फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
चितवन जिल्ला अदालतबाट बिहीबारदेखि नै लागु हुने गरी म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।