चितवन । सेती दोभानमा पहिरो जांँदा नारायणगढ–मुग्लिनसडक खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान आज बेलुका ८बजेर २० मिनेटमा पहिरो गएको हो । अविरल बर्षाका कारण पहिरो ठूलो खसेकोले र हाल पनि पानी परिरहेकोले रातको समयमा पहिरो पन्छाउन नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । उहांँका अनुसार शुक्रबार बिहान देखि पहिरो पन्छाइनेछ ।
पहिरो गएपछि नारायणगढ तर्फ गन्तव्य हिंडेका सवारी साधनलाई मुग्लिन बजार र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई रामनगरमा रोकिएको उहांँले बताउनु भयो । सेती दोभान नारायणगढबाट मुग्लिनतर्फ १५ किलोमिटर दुरीमा पर्दछ ।