चितवन । जिल्ला प्रशासन कार्यालयले १० दिन निशेधाज्ञा थप गरेर भदौ २० गतेसम्म पुरयाएको छ । जारी निशेधाज्ञाको तुलनामा भोलि राती १२ बजेपछि बाट लागु हुने निशेधाज्ञालाई खुकुलो गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गरी १० थपिन लागेको जानकारी दिएका हुन् ।
आदेश अनुसार यस भन्दा अघिको निशेधाज्ञामा चारवटा भीड हुने सरकारी कार्यालयहरु मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरु बन्द गरिएकोमा अबदेखि नियमित रुपमै सञ्चालन हुनेछन । यसैगरी अत्यावश्यक बस्तु बाहेक दैनिक उपभोक्ताका बस्तुहरुका लागि साताको तीन दिन मात्र सञ्चालन हुंँदै आएकोमा अबदेखि पहिलेकै समय तालिकामा सातै दिन सञ्चालन गर्न पाईनेछ । अन्य क्षेत्रहरुको हकमा कुनै आदेश शंशोधन गरिएको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले कोरोना संक्रमितको संख्या घटेसंँगै सिसिएमसीको सिफारीश अनुसार निशेधाज्ञा खकुलो गरिएको बताए ।
‘अघिल्लोपटकको निशेधाज्ञामा ३७०० सक्रिय संक्रमित थिए शर्माले भने अहिले घटेर १७०० सय जति छन । ’ उनका अनुसार संक्रमितको दर अनुसार निशेधाज्ञालाई कडा र खुकुलो गर्दै लगिने छ । जारी निशेधाज्ञा भोलि राती १२ बजे सकिंँदैछ ।