चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् । घाईते हुनेमा माडी नगरपालिका वडा नम्बर ९ वगही मा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षिय प्रेम बहादुर बि।क। घाईते भएका हुन् ।
प्रहरीका अनुसार आज दिउँसो धान गोड्ने क्रममा १ वजे उनलाई बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेर घाईते बिकको बघौडा अस्पतालमा उपचार भईरहेको छ जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अबस्था खतरा मुक्त रहेकोे प्रहरीले जनाएको छ ।