चितवन ।जिल्ला ट्राफिक कार्यालय चितवनद्धारा आज बिहान कोभिड न्यूनिकरण तथा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा २५० वटा मास्क, ४२७ सवारी सचेतना सम्बन्धी पर्चा र १६६ वटा स्टिकर सवारीसाधनमा टांँसिएको थियो ।
कार्यक्रममा चौबिसकोठी देखि पुलचोकसम्म ट्राफिक सचेतनासम्बन्धी पर्चा पम्प्लेट,सवारी साधनमा स्टिकर टांँसिएको कार्यालय प्रमुख भगवानराज थापाले जानकारी दिए । अहिलेको बिषम परिस्थितिलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम गरिएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी . प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय .चितवनका प्रहरी नायब उपरीक्षक बहादुर थापा एवं सामाजिक संस्था वे ग्रुप लगायतको सहभागिता रहेको थियो ।
सचेतनाका लागि चितवन ट्राफिक द्धारा २५० मास्क र ४२७ पर्चा वितरण
सचेतनाका लागि चितवन ट्राफिक द्धारा २५० मास्क र ४२७ पर्चा वितरण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु