चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सतकर्ता अपनाउन अनुरोध गरेको छ । अविरल बर्षाका कारण नारायणी, राप्ती लगायतका नदीहरुमा सतकर्ताको तह नजिक पुग्न लगाएको भन्दै आज सुचना जारी गरेको हो ।
प्रशासकिय अधिकृत जारी सुचनामा स्थानीयलाई जोखिमको संभाजना रहेको भन्दै सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो । साथै बाढी
आएको समयमा नदी खोलाहरुमा माछा मार्ने ,पौडी खेलने, दाउरा संकलन गर्न समेत अनुरोध गरिएको छ । विपदको घटना घटेमा वा संभावित जोखिमको कनै सुचना प्राप्त भएमा प्रहरीको १०० नम्बर वा आपतकालिन सञ्चालन केन्द्र९८४४२०८८८८ मा जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ ।