चितवन। चितवन क्षेत्र नम्बर १ प्रदेश (१) मा नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित भएका छन् । थपलिया १७ हजार ६८८ मत सहित निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किरण भुषण ओलीलाई ६ हजार ९७६ मतको मतान्तरले पराजित गरेका छन् । त्यस्तै उनले १७ हजार ६८८ मत ल्याउदा नेपाली काँग्रेसका किरण भुषण ओलीले १० हजार ७१२ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उमेदवारी दिएका धन बहादुर गुरुङले ६ हजार २६५ मत पाएका छन्। राप्रपाका उमेदवार रीमनाथ कँडेलले ४ हजार ६०३ मत प्राप्त गरे।