चितवन । भरतपुर महानगरपालिका वडा नं ७ स्थित प्रेमबस्तीमा रहेको सीताराम टोल विकास संस्थाको दसौँ अधिवेशनले गोपाल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पूर्णभद्र कँडेल, सचिवमा ऋषिराम दवाडी, कोषाध्यक्षमा प्रतिमा सापकोटा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शिवराम अधिकारी, पूर्णभद्र पौडेल, गीता उपाध्याय, बुद्धिनाथ अधिकारी र उदय गौतम चयन भएका छन् ।
भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वडा सदस्य सरिताकुमारी पाठक, निवर्तमान अध्यक्ष देवीजङ्ग गुरूङ, समाजसेवी बैकुण्ठराज पौडेल, अक्कलध्वज गुरूङ, मध्यविन्दु टोलका अध्यक्ष भीष्म पौडेल, प्रेमबस्ती टोलका केशव अर्याल, कार्यक्रम सञ्चालक बुद्धिनाथ अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

