चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले चितवनबाट अफगानिस्तान गएका नागरिकहरुको विवरण टिपाउन अनुरोध गरेको छ । प्रशासनले आज (विहिबार) एक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमसँगै अलपत्र परेका चितवनबासीहरुको सकुशल उद्धारको लागि पहल गर्न अनुरोध गरिएको छ ।।
जारी सूचनामा चितवनका नागरिक कोही भए परिवारका सदस्यहरुलबाट नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराइदिन भनिएको छ । यदि कोही भएमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन सक्ने जनाएको छ ।