चितवन । आज सांँझ देवघाटको झोलुंगे पुलबाट परिचय नखुलेको एक व्यक्ति हामफालेर वेपत्ता भएका छन ।
सांँझ सांँढे ६ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर .१देबघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङगे पुलको बिच भाग बाट नाम,थर, वतन नखुलेको एक व्यक्ति हामफालेको देखेको स्थानीयलाई उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ ।
हामफालेको खबर प्राप्त हुनासाथ चितवन प्रहरीको सहितको टोलि, देबघाट तनहुँ प्रहरीको टोली सहितले खोजतलास कार्य गरिरहेको प्रहरीले जनाएको छ । सोही ठाउंँमा वेवारिसे अवस्थामा एउटा मोटरसाइकल र हेलमेट फेला परेकोले उक्त मोटरसाइकल वेपत्ता व्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।