पोखरा । पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् ।
शाहका तर्फबाट उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार पुनरावेदन दर्ता गरेको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
यौन दुरुपयोग गरेको आरोपमा उनलाई जिल्ला अदालत नवलपुरले दुई वर्ष छ महिना सजाय सुनाएको छ । सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो ।
पलका वकिलले जिल्ला अदालतबाट भएको फैसला त्रुटिपुर्ण रहेको बताएकन छन् ।

