चितवन । रातको समयमा धारिलो तरबार बोकी हिड्ने दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रत्ननगरपालिका वडा नम्बर ११ सितलटोल बस्ने सरोज तामाङ्ग र सोही ठाउंँका समिर नेपाली रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उनीहरुले आईतबार रातको समयमा २ फिट ८ इन्च लामे तरबार साथमा लिई शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई अदालतबाट म्याद थप माग गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।