काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरीका सहायक निरीक्षक (असई) दिलीप कार्कीविरुद्ध १ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा आइतवार मुद्दा दायर गरेको छ ।
अख्तियारल पेट्रोल पम्पमा राख्नुपर्ने हिसाबमा अनियमितता गरी भ्रष्टाचार गरेको कसूरमा वर्ष दिनअघिदेखि शुरु गरिएको अनुसन्धान टुंग्याउँदै कार्कीविरुद्ध १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।निज कार्कीले पेट्रोल विक्रीबापत प्राप्त रकमलाई गलत तथ्यांक देखाएर अनियमितता गरेका थिए ।
अख्तियारले कार्कीलाई कसुरदार देखाउँदै विक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी अनियमितता गरेको आरोपमा विशेषमा मुद्दा दायर गरेको हो ।