चितवन । कालिका नगरपालिका लागुऔषधसहित एकजना पक्राउ परेका छन । एक ब्यक्ति लागू औषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा कालिका नगरपालिका ३ का २८ बर्षिय राजेन्द्र विक रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पदमपुरबिट बाट हवल्दार नवराज गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलिले दुई सय बिगाह स्थित आफ्नै घरको कोठामा लुकाइ राखेको अवस्थामा डाइजोपाम २५, न्युफिन २५ र सिरिज्याक २५ गरि कुल ७५ पिस लागू औषध सहित बि.क लाई पक्राउ गरेको हो । शनिबार बिहान ७ः५० मा आफ्नै निवाशबाट पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत भरतपुर बाट म्याद थप गरि अनुसन्धानलाई अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय कालिका नगरपालिकामा लागू औषध सेवन कर्ता र बिक्रेताको संख्या तिब्र रुपमा बढिरहेको भन्दै प्रहरीले निगरानी बढाएको प्रहरीको दाबी छ ।
कालिकाबाट लागुऔषधसहित एकजना पक्राउ
कालिकाबाट लागुऔषधसहित एकजना पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु