चितवन। भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। जगन्नाथ तिवारीले आइतवार सार्वजनिक सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् ।
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनैपर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ । रासस