चितवन। जिल्लामा निर्वाचनको मौन अबधिमा मदिरा बिक्रिवितरणमा रोक लगाईएको छ । जिल्ला प्रशाशन कार्यलय चितवनले सोमबार एक सुचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी निर्वाचनको मौन अवधि शुरु भए पछि निर्वाचन सम्पन्न नहुन्जेल मदिरा बिक्रिवितरणमा रोक लगाएको हो ।
चितवन प्रशासनले निर्वाचनको समयमा होटल व्यवसायहरु राती अवेरसम्म खुल्ला रहँदा शान्तिपूर्ण, स्वच्छ र निश्पक्ष निर्वाचन सम्पन्न गर्नमा असर पर्ने भएकोले होटल व्यवसाय मंसिर २१ गते देखि मौन अवधि शुरु हुने दिनसम्म राती ९.०० बजे पछी होटल खुला राख्न नपाईने पनि जनाएको छ ।
कोही कसैले प्रशानको विपरीतको कार्य गरेमा कानून बमोजिम कारवाही हुने गरिने समेत प्रशासनको सूचनामा उल्लेख छ ।


