साउन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले फेरी एउटा अर्को दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो ।
साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म निकुञ्जले सूचना गोप्य नै राखिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले खाग काटिएको अवस्थामा अन्दाजी २० वर्षको गैंडा मृत फेला परेको जानकारी दिए । बरालका अनुसार गैंडा हिलोमा गडेका कारण गैंडाको अस्थिपञ्जर मात्रै भेटिएको छ । कम्तीमा दुई महिना अघि गैंडा मरेको हुन सक्ने आशंका गरिएको छ । खाग काटिएको र टाउकोको हड्डीमा गोलि लागेको जस्तो चोट देखिएको बरालले बताए ।