काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति बैठक भोली ११ बजे फेरी बस्नेगरि सकिएको छ । काठमाडौंमा आज बसेको बैठकमा यस अघि गठिन विधान मस्यौदा कार्यदल र संगठनात्मक सुधार कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन पेश भएको थियो । साथै बैठकमा अध्यक्ष प्रचण्डले मन्तव्यसहित दस्तावेज पेश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।
बैठकपछि बोल्दै केन्द्रीय सदस्य दुर्गा चापागाँईले विधान कार्यदल र संगठनात्मक कार्यदलले अघि सारेका प्रस्तावहरु र अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न ८ समूह गठन गरिएको जानकारी दिए । सात प्रदेशका सात वाटा र भूगोल बाहेकका केन्द्रीय सदस्यहरुको १ गरि ८ समूहमा छलफल गरेर भोलीको बैठकमा सुझाव दिने कार्यतालिका तय भएको छ । माओवादीले पुस ११,१२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरेका हुन् ।