चितवन । चितवन क्षेत्र नम्बर ३ अन्तर्गत लाेकतान्त्रिक-बाम गठबन्धनको घाेषणापत्र आज सार्वजनिक भएको छ । भरतपुरमा भएको एक कार्यक्रममा उम्मेदवारकाे प्रतिबद्धतासहित घाेषणापत्र सार्वजनिक भएको हाे । सार्वजनिक घाेषणापत्रमा चितवनको विकास र समृद्धिलाई सस्थागत गर्ने गरि कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन् ।
ठाेरी-केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघाैंली विमानस्थलको स्तरउन्नति गरि सञ्चालनमा ल्याईने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदि कटान क्षेत्रमा तटबन्ध सहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रकाे विकास गरि एकमा तिन विकास निति लिईने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदि कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घाेसरघाट नारायणी नदि पुल निर्माण , घाेषणापत्रमा उल्लेख छ।
त्यसैगरि रामपुर कृषि विश्वविद्यालयकाे सामर्थ्य विकास गरि विदेशी विध्यार्थी आकर्षण गर्ने निति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हव बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विध्यालय बनाउन निति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविध्यालय बनाईने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र विपि काेईराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बाेर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा माेबाईल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख छ ।
त्यसैगरि आवश्यक वडामा १५ वेडकाे सुविधा सम्पन्न, माडीको बघाैडामा प्रादेशिक र मेघाैलीमा ५० शैयाकाे सिटि अस्पताल बनाईने, स्वास्थ सेवामा सुचना प्रविधिबाट सेवा लिन टेलि मेडिसिन सेवा सुरु गरिने, ५ वर्षभित्र सम्पुर्ण नागरिकको स्वास्थ विमा गरिने, स्वास्थ सेवालाई समतामूलक बनाउने याेजना २८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पुर्वाधार र विकास गरिने, मेघाैली- शुक्रनगर-जगतपुर, बघाैडा-बसन्तपुर हुदै शिवद्वारसम्मकाे सांस्कृतिक हाेम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उधाेग अवधारणा कार्यान्वयन गरिने, देवघाट- विक्रम बाबा- पाँच पाण्डव हुदै साेमेश्वरगढीसम्मकाे धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको ७ गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गाैतमबुद्व क्रिकेट रंगशाला निर्माण सम्पन्न गरि उपयोग गरिने, उत्पादन र उत्पादकत्व बृद्वि गर्न कृषिमा व्यवसायिकरण, आधुनिकिकरण र यान्त्रिकरणमा विशेष जाेड दिईने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने घाेषणापत्रमा उल्लेख छ। ।
यसैगरी चितवन निर्वाचन क्षेत्र ३ का कम्तिमा शैक्षिक प्रतिष्ठानमा कमाउदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उधमशिलता कार्यक्रम मार्फत युवाहरूलाई स्वराेजगार सिर्जना गरिने, भुमि विहिनहरूलाई प्राथमिकताका साथ हाल बसाेबास गरेकै क्षेत्रमा जमिन धनीपुर्जा प्रदान गरि सुकुम्बासी समस्याकाे स्थायी समाधान गरिने गठबन्धनले जनाएको छ । ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बाैद्विक विकासका लागि प्रत्येक वडामा बालविकास केन्द्र र युवालाई खेलकुद मैदान र जेष्ठ नागरिकका लागि एकिकृत जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा ३ स्थानमा बाल उधान निर्माण गरिने घाेषणापत्रमा उल्लेख छ।

२ वटा सुविधा सम्पन्न रंगशाला, २ ठाउँमा व्यवस्थित कवर्ड हल र स्पाेर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने याेजना छ । जेष्ठ नागरिक भत्ता बृद्वि गर्न पहल लिईने, सेवा सुविधा घरदैलोमा दिने निति लिईने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआ श्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समुहलाई सशक्तीकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दाेब्वर बनाउने प्रतिबद्धता छ ।
दलित समुदायको हितका लागि सांस्कृतिक अन्तरघुलन अभियान संचालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ । दलित, आदिवासी एवं सिमान्तकृत समुदायका युवाहरूलाई राेजगारीमा नितिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई राेजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्राेत्साहनकाे कार्यक्रम ल्याउने घाेषणापत्रमा उल्लेख छ ।
शहिद परिवार, आन्दाेलनका घाइते, बेपत्ता याेद्वाका छाेराछाेरीहरूलाई स्वास्थ, शिक्षा, राेजगार र यातायातका क्षेत्रमा थप सहुलियत सहित अग्राधिकारकाे व्यवस्था गरिने, पुर्व सैनिक, प्रहरीलाई याेगदानकाे कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनकाे नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान संचालन गरिने, नदिले कटान गरेका निजि जमिनकाे मुअाब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडी काे ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा २ ठाउँमा औधाेगिक क्षेत्र विस्तार गरिने, ठाेरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धतामा उल्लेख छ ।
सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सुचना र प्रविधि मैत्री र स्कुल, अस्पताल र टाेलटाेलमा ईन्टरनेट नि:शुल्क गराउने, श्रमजीवी मिडिया कर्मीका लागि नि: शुल्क जीवन विमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामाेदर कुण्डबाट मुक्तिनाथ हुदै कालीगण्डकी करिडोर देवघाट (हरिहर क्षेत्र) तथा गाेसाईकुण्डबाट त्रिशूली हुदै (हरिहर) त्रिवेणीधामसम्मकाे हरिहर सर्किटकाे अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित निति, याेजना र कार्यक्रम बनाउन नितिगत सुधार गरिने गठबन्धनको घाेषणापत्रमा समावेश छ ।

