चितवन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा यहाँका तीन जना कवि तथा साहित्यकारलाई सम्मान गरिएको छ । वाल्मीकि साहित्य सदन चितवनले कवि तथा साहित्यकारहरूलाई सम्मान गरेको हो ।
कवि एवं साहित्यकार उदय अधिकारी, गीता लामिछाने र मुकुन्द पौडेललाई सम्मान गरिएको हो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं कवि प्रा डा कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यतासमेत प्रदान गरिएको छ । प्रमुख अतिथि समीक्षक डिआर पोखरेलले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मानित साहित्यकारको व्यक्तित्व र कृतित्वका बारेमा कपिल अज्ञात, केशवराज आमोदी, लक्ष्मणहरि अर्याल र सुरेशचन्द्र अधिकारीले चर्चा गर्नुभएको थियो । नेपाली भाषा–साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत स्रष्टाहरूलाई सम्मान गरिएको सदनका अध्यक्ष रामबाबु घिमिरेले वताउनुभयो ।
कार्यक्रममा साहित्यकार इन्द्र रेग्मी र शिक्षाविद् रमाकान्त सापकोटाले साहित्यको क्षेत्रमा सम्मानित व्यक्तित्वहरूले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सोही अवसरमा कवि एवं साहित्यकार धनराज गिरी, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जलि, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरिराज डल्लाकोटी, तिलकराज शर्मा, राजेन्द्र हमालले शुभकामना एवं रचना वाचन गर्नुभएको थियो ।