चितवन । लोकतान्त्रिक बाम गठबन्धनले माडीको बसन्तपुरमा प्रदेश तथा नगर कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेसका चितवन ३(ख) प्रदेश सभापति शोभाखर चापागाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुर्य सुवेदी पथिकले कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख एवं माओवादी केन्द्रका नेता रेनु दाहाल, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य नारदमणि पौडेल सहित गठबन्धन दलका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

माडी नगरपालिकाको भुगोल समेटिने गरि कार्यालय सञ्चालनमा आएको हो । त्यस्तै माडीका केहि वडाहरुमा पनि गठबन्धनको सचिवालय स्थापना भएको माडीस्तरीय गठबन्धनका संयोजक कोमलनाथ भुसालले बताउनु भयो ।

गठबन्धनबाट प्रतिनिधिसभा चितवन-३ मा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र ३ (ख) प्रदेशमा ठाकुर ढकाल चुनावी मैदानमा रहनुभएको छ ।
गठबन्धनको प्रदेश ३ (ख) काे कार्यालय पटिहानीमा
सत्ता गठबन्धनको चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (ख) कार्यालय पटिहानीमा उद्घाटन भएको छ ।
साे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै चितवन ३ प्रतिनिधिसभा सदस्य उमेदवार डा. भाेजराज अधिकारीले पश्चिम चितवनको विकास र समृद्धिका लागि आफूलाई निर्वाचित गरिदिन जनतासँग अनुराेध गरेका छन् । यहाँका जनताले दलगत भावनामा मात्र नहेरि साझा प्रतिनिधिकाे रूपमा बुझिदिन उनको आग्रह छ । यहाँको संकटसँग खाईखेलेकाे हिसाबले समस्या सम्बाेधन गर्न आफूलाई मतदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

पटिहानीमा राप्ती नदि र जंगली जनावरबाट हुने समस्या हल गर्न विशेष याेजना ल्याउने डा. अधिकारीले बताए । सुकुम्बासी समस्याको दिगो समाधान देखि पर्यटन र खेलकुद क्षेत्रकाे विकासका लागि पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
लालपुर्जा वितरणका लागि बाँकी प्रक्रिया पुरा गर्न मंसिर ५ पछि पहल गर्ने प्रदेश ख गठबन्धनका उमेदवार ठाकुर प्रसाद ढकालले बताएका छन् । आफू माओवादीकाे मात्रै उमेदवार नभएको बताएका उनलेे गठबन्धनको साझा उमेदवार भएको बताए ।

