काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद धर्मशिला चापागाईंले जनयुद्धका घाइतेहरुको उपचार आफूले गरिदिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अभियक्तिप्रति आपत्ति जनाएकी छन् ।
ओली प्रमुख प्रतिपक्षी नेताका रुपमा साउन २६ गते संसदमा बोल्ने क्रममा जनयदुद्धका घाइतेको बेवास्ता गरिएको भन्दै उनीहरुको उपचार आफूले गर्ने बताएका थिए । ओलीको यहि अभिव्यक्तिलाई चापागाईंले आज (शुक्रबार) को प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ओलीलाई जवाफ फर्काएकी हुन् ।
‘ओलीसँगै लडेका धर्मप्रसाद घिमिरे गम्भीर बिरामी थिए । उनी संविधान सभा सदस्य पनि थिए’, उनले भनिन्, ‘उनका परिवारले आर्थिक सहायताका लागि अनुरोध गरेका थिए । तर प्रधानमन्त्रीले सुनेनन् । उनीहरुले सहायता पाएनन् ।’
चापागाईले झापा विद्रोहका योद्धा डिगेन्द्र राजवंशीले एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा गरेको आत्महत्याको कुरा ओलीलाई सम्झाएकी छिन् । ‘झापा विद्रोहका योद्धा डिगेन्द्र राजवंशीले एमालेको बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्नुको कारण के थियो ?’, उनले सोधिन्, ‘आज उहाँ के भन्दै हुनुनुन्छ, जनयुद्धका घाइते पार्टी कार्यालयमा आउनु उपचार गर्छु । दुर्गा अधिकारी र मानकुमार तामाङ कहाँ छन् ओलीलाई थाहा छ ?’