चितवन । पाँचदलीय गठबन्धनले नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालको संयोजकत्वमा माडी नगरस्तरीय ७ सदस्यीय चुनाबी स्टेरिङ्ग कमिटि र २०१ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरेको छ ।
स्टेरिङ कमिटिका सदस्यहरुमा काँग्रेसबाट तिलक भुसाल र लोकनाथ लामिछाने, नेकपा (माओवादी केन्द्र)बाट प्रभु प्रसाद महतो र गिरिधारी सुवेदी तथा नेकपा (एकीकृत समाजवादी)बाट प्रेमराज तिमिल्सिना र रामचन्द्र लम्साल रहनुभएको छ । स्टेरिङ्ग कमिटिको सुचना संयोजकमा समाजवादीका युवा नेता रामचन्द्र लम्साललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी हरेक वडामा समेत ७/७ सदस्यीय वडास्तरीय निर्वाचन परिचालन समिति र १०१ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गर्ने निणर्य भएको सुचना संयोजक लम्सालले जनाउनुभयो ।काँग्रेस नेता एवं बाम लोकतान्त्रिक गठबन्धन चितवन ३(ख)का प्रदेश निर्वाचन परिचालन समितिका संयोजक शोभाखर चापागाईंको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो ।
माडीमा गठबन्धनको स्टेरिङ्ग कमिटि र चुनाब प्रचार प्रसार समिति गठन
माडीमा गठबन्धनको स्टेरिङ्ग कमिटि र चुनाब प्रचार प्रसार समिति गठन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

