धादिङ । पृथ्वीराजमार्ग सडक खण्डको धादिङको गजुरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौतर्फ आउदै गरेका भारतका चर्चित मोटो भ्लगर जट प्रभजोतले चलाएको एमएच-०१ सिडब्ल्यू ५९७१ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट ७९ बर्षिय सुरबहादुर धितालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्कर लागेका धितालको नजिकको अस्पतालमा उपचारको क्रममा निर्धन भएको छ । त्यस्तै मोटो भ्लगर प्रभजोतका दुवै खुट्टामा चोट लागेको र उनलाई थप उपचारका काठमाडौँ पठाएको छ ।
उनी नयाँ मोटरसाइकल कावासोकी निन्जा एच२ किनेपछि पहिलो टुर नेपालमा गर्न काठमाडौँ आउदै थिए ।

