चितवन। नारायणगढ रोटरी क्लबले सञ्चालित दिवा स्याहार केन्द्रलाई सहयोग गरेको छ । भरतपुर–२६, ज्योतिनगरमा सञ्चालित दिवा स्याहार केन्द्रमा रहेको मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई शैक्षिक एवम् खेलकुद सामाग्री सहयोग गरिएको छ । अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मीकान्त घिमिरेलाई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा जेभी फाउण्डेशन, चितवनका सभापति विज्ञानलाल श्रेष्ठ र उपसभापति उद्धव जोशीले दिवा खाजा व्यवस्थापनका लागि गत साउन देखि जेभी फाउडेशन, केन्द्रीय कार्यालय, ललितपुरद्वारा उपलब्ध गराउँदै आएको मासिक दशहजार रुपैयाँ समेत हस्तान्तरण गरिएको छ । नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान मार्फत दिवा स्याहार केन्द्रका अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरिएको छ ।।

