चितवन। गैरीबारी फुटबल क्लब पदमपुरको बनकट्टामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ भण्डारालाई तीन शून्यले हराउँदै गैरीबारी सेमिफाइनल प्रवेश गरेको हो । गैरीवारीका लागि सोम गुरुङ, आशिष श्रेगठ, शिव गुरुङले एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच आशिष श्रेष्ठ बने ।
आयाम युवा समाज पदमपुरको आयोजनामा जारी मनो गिरी स्मृति प्रथम कालिका कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको भोलि अन्तिम क्वाटरफाइनल खेल हुनेछ । सेन्ट्रल कलेज हर्दी युवा समाज र मिसन स्टार कन्सल्टेन्सी माडी–११ बीच खेल दिउसो ३ बजे हुनेछ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । बिहीबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुने खेल संयोजक नगेन्द्र गिरीले जानकारी दिए । विजेताले २ लाख १० हजार र उपविजेताले १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

