चितवन। नेपाली विद्यार्थीहरुका लागि अष्टेलिया पहिलो गन्तव्य हो । विगत लामो समयदेखि कामगर्दै आएको कनेक्ट अष्टेलियन एजुकेशन एण्ड भिजा सर्भिसेजले काठमाण्डौंमा पाँचौ शाखा विस्तार गरेको छ ।
भोली एक कार्यक्रमका बीच महानायक राजेश हमाल, पंण्डित दिनबन्धु पोखरेल र इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सयुक्त रुपमा उद्घाटनगर्ने कार्यक्रम छ ।
काठमाण्डौंको बालाजु १६ माछापोखरीमा रहेको नविल बैंक भएको भवनको चौथों तल्लामा पाँचौ शाखा संचालनमा आउन लागेको हो । मुृख्य कार्यालय चितवनको लायन्सचोक नारायणगढमा रहेको यो एजुकेशन एण्ड भिजा सर्भिसेजको पोखरा, दमौली र अष्टेलियामा पनि शाखा रहेको छ ।शैक्षिक अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीहरुलाई सहि काउन्सिलङ दिन यो संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अष्टेलिया अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुमा नयाँ पद्धतीको विषयमा अन्यौलता रहेको बेला यो संस्थाले विद्यार्थी, अभिभावकसँग अष्टेलियाकै प्रतिनिधिहरुवाट वान टु वान काउन्सिलङ हुने गरेका कारण विद्यार्थीहरुले सहि सूचना पाउने संस्थाका एजुृकेटिभ चेयरमेन देवराज कंडेलले जानकारी दिनुभयो ।

