नवलपरासी । ६७ औं प्रहरी दिवस २०७९ को पावन अवसरमा यस जिल्ला प्रहरी कार्यालय नवलपरासी ९ब।सु।प।० द्धारा आज मिति २०७९।०६।३० गते रक्तदान र बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला रेडक्रस सोसायटी नवलपरासीको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु २० जना, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरु ३ जना र सर्वसाधरण १ जना गरी जम्मा २४ जनाद्धारा रक्तदान गरिएको थियो ।
त्यसैगरी प्रहरी दिवस २०७९ को अवसरमा आजै यस जिल्ला प्रहरी कार्यालय लगायत मातहत कार्यालय परीसरमा बिभिन्न प्रजातीका ३२० बोट बृक्षारोपण समेत गहरिएको थियो ।

