काठमाडौं । नारायणी र यसका सहायक नदीहरुमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत नदीमा पनि बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
कोसी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, उदयपुर, भोजपुर, ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, रुकुम, प्युठान, रोल्पा, दाङ, बाके, बर्दिया, दैलेख, सुर्खेत, कालीकोट, दार्चुला, बझाङ, बाजुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।